चलचित्र फ्लप भएपछि शोभित भन्छन्ः महानायकको म्युजिक भिडिओ खोइ ट्रेन्डिङमा?

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १ : ५०


शोभित बस्नेत फेरि विवादमा आएका छन्। लगातार राजेश हमाल महानायक होइन भनेर विवादमा आएका उनले हमालको फोटोलाई प्रमुख अतिथि बनाएर माफी नै मागेका थिए।

पछिल्लो समय आफ्नो नयाँ चलचित्र ‘डाँडाको बरपिपल’ फ्लप भएपछि बस्नेत पुनः महानायक विवाद उत्कृर्षमा पुर्याउने दाउमा देखिएका हुन्। यसअघि उनका चलचित्रका गीतमा लाइकभन्दा बढी डिस्लाइक आएका थिए।

लगत्तै चलचित्र हेर्न आएका दर्शक औंलामा मात्र गन्न सकिने संख्यामा थिए। हलबाट बस्नेतलाई खासै आम्दानी हुन सकेन।

यसबीचमा उनले महानायकको आतंक फैलाएर आफ्नो चलचित्रविरुद्ध माहोल बनाउनेलाई भविष्यमा राजेश हमालको चलचित्र हिट बनाएर देखाउन उनले चुनौति दिएका छन्।

उनी भन्छन्,‘महानायकले खेलेका म्युजिक भिडियो ट्रेन्डिङको टप ५० मा पनि किन नआएका हुन्? उहाँले चलाएका टेलिभिजन प्रोग्राम किन सुपरहिट नभएका?’


प्रतिक्रिया दिनुहोस्