आफ्नो बाछो जोगाउन माउ हात्तीले गोहीलाई आक्रमण गरेपछि…(भिडिओ)

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १ : १९


गोहीलाई साना तलाउको राजाभन्दा पनि फरक पर्दैन। किनभने त्यस्ता तलाउमा गोहीको मुकाब्ला गर्न जंगलको राजा सिंहले पनि सक्दैन।

तर संसारमा त्यस्ता जीवहरु पनि छन् जसलाई गोहीले पानीमै पनि हराउन सक्दैन। त्यस्तै जनावरमध्ये एक हो हात्ती। तर हात्तीको सुँडमा गोहीले धेरैपटक टोकेको भिडिओहरु सार्वजनिक भएका छन्।

हात्ती पनि पानीमा गोहीसँग डराएको हामीले पाएका छौं। तर हालै डेनमार्कमा एउटा माउ हात्तीले गोहीलाई कुल्चिएर तथा दाँतले हानेर मारेको भिडिओ भाइरल भइरहेको छ।

(भिडिओ)

डेलीमेलको खबरअनुसार जब हात्तीको बाछोलाई गोहीले आक्रमण गर्न खोज्छ तब हात्तीले प्रतिरक्षा गर्न गोहीमाथि आक्रमण गरेको हुन्छ। हात्तीले पानीमै गएर गोही मारेको देख्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्