कोरोनालाई ‘सामान्य फ्ल्यु’ भन्दै उक्साउने ब्राजिली राष्ट्रपतिलाई हुन सक्छ यस्तो सजाय

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १२ : ५७


रियो दि जेनेरियो । ब्राजिलका राष्ट्रपति जैर बोलसानारोलाई मानवताबिरुद्धको अपराधमा अभियोग लगाउनुपर्ने एक प्रतिवेदनमा दर्शाइएको छ।

कोभिड नियन्त्रणमा उनले देशमा केही कदम नचाल्दा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको भन्दै उनीबिरुद्ध मुद्दा लगाउनुपर्ने एउटा छानबिन समितिको प्रतिवेदनमा दर्शाइएको हो ।

ब्राजिलमा कोभिडबाट अहिलेस्म्म ६ लाख मानिसको मृत्यु भइसकेको छ । १२ सय पेज लामो सो प्रतिवेदनमा राष्ट्रपतिले कोभिडलाई ‘सामान्य फ्ल्यु’ भनेर नजर अन्दाज गरेको उल्लेख छ । त्यस्तै, खोप खरिदमा राष्ट्रपतिले ढिलाई गरेको पनि उनीमाथि आरोप छ । गत वर्ष संक्रमण भएका बोल्सोनारले आफूमा पर्याप्त प्रतिरोधात्मक क्षमता भएको बताएका थिए ।

छानबिन समितिलाई उनीमाथि अभियोग लगाउने हैसियत हुँदैन् । तर, प्रतिवेदन राष्ट्रपतिका लागि कुनै पनि बेला प्रत्युत्पादक बन्न सक्छ । प्रतिवेदन सरकारी अभियोजनकर्ता, संघीय अदालत र हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा पठाउन सकिन्छ ।

आरोप गम्भिर भएपनि उनीमाथि लगाइने अभियोग प्रक्रिया भने लामो हुन सक्छ । उनीबिरुद्ध संसदले महाअभियोग प्रक्रिया अगाडि बढाउन सक्छ तर त्यसका लागि संसदका सदस्यहरुको समर्थन आवश्यक पर्छ । संसदका अधिकांश सदस्य राष्ट्रपति बोलसोनारोको पक्षमा छन् ।

 


प्रतिक्रिया दिनुहोस्