चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका हेरेर बस्दैन: बाइडेन

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १२ : २६


एजेन्सी । अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले ताईवानमाथि हमला गरे अमेरिकाले उसको रक्षा गर्ने चेतावनी दिएका छन्।

‘चीनले ताईवानमाथि आक्रमण गरे त्यसको उपर्युक्त जबाफ दिने प्रतिबद्धता जनाउँछौं,’ राष्ट्रपति बाइडेनले भने ।

तर, ह्वाईटहाउसका प्रवत्ताले राष्ट्रपतिको भनाईले ताइवानप्रति अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको धारणा व्यक्त गरेका छन्।

यस्तै, बाइडेनको अभिव्यक्तिले चीनप्रतिको आफ्नो अडानमा कुनै परिवर्तन नहुने ताइवानले जनाएको छ।

ताइवानलाई रक्षा गर्ने विषयमा अमेरिकाले लामो समयदेखि अस्पष्ट रणनीति अभ्यास गर्दैै आएको छ। यसको अर्थ चीनले ताइवानमाथि हमला गर्‍यो भने उसलाई कसरी रक्षा गर्ने भन्ने विषयमा अमेरिका पूर्ण रुपमा अस्पष्ट छ।

चीनले ताइवानलाई आफ्नै देशको एउटा प्रान्त मान्दै आएको छ जबकी ताइवानले आफूलाई एउटा छुट्टै देश ठान्छ।

ताइवानसँग अमेरिकाको कुनै कूटनीतिक सम्बन्ध छैन् तर उसलाई लामो समयदेखि हतियार बिक्री गर्दै आएको छ।

बाइडेनको अभिव्यक्तिप्रति ताइवानको राष्ट्रपतिको कार्य तटस्थ छ । उसले चीनको दबाबको सामु पनि नझुक्ने र अमेरिकी समर्थनबाट उत्साहित नहुँने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्