न्यादी हाइड्रोको आईपीओ बाँडफाँट, २१ लाख बढीको हात खाली

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : ५४


न्यादी हाइड्रोपावर लिमिटेडले जारी गरेको आईपीओ आज बाँडफाँट भएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबार बिहान ९ बजे सेयर बाँडफाँट गरेको हो।

कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो।

सर्वसाधारणका लागि निष्काशनमा गरेको सेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको छ।

माग भन्दा बढी आवेदन परेको यस कम्पनीको आईपीओमा २ लाख ९ हजार २ सय ५० आवेदकले गोलाप्रथाबाट न्यूनतम १० कित्ता सेयर पाए भने बाँकी २१ लाख ४८ हजार आवेदकको हात खाली भएको छ।


प्रतिक्रिया दिनुहोस्