चाँगुनारायणमा अब बंगुर पाल्न नपाइने, भएका फार्म पनि हटाउन निर्देशन

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : २१


भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरभित्र सञ्चालन हुँदै आएका बंगुर फार्म हटाउन निर्देशन दिएको छ।

बंगुर फार्मले नगरभित्र फोहोररप्रदूषण बढाएको र स्थानीयको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पारेको भन्दै पालिकाले उक्त निर्देशन दिएको हो।

चाँगुनारायण नगरपालिकाले नगरसभाबाट निर्णय गरेर नगरभित्र दर्ता भई र दर्ता नभई सञ्चालनमा आएका सबै बंगुर फार्म हटाउन भनेको छ।

स्थानीय बासिन्दाले बंगुर फार्मबाट फोहोररप्रदूषण बढेको र सो फार्म बन्द गर्न माग गरेको भएकाले पालिकाले उक्त निर्णय भएको नगरपालिकाको प्रशासन शाखाका अधिकृत निलाकुमारी घिमिरेले जानकारी दिइन्।

उनले सूचना प्रकाशित भएको ३० दिनभित्र फार्म हटाउनुपर्ने र सोबारे नगरपालिकामा जानकारी गराउनुपर्ने समेत बताइन्।

३० दिनभित्र बंगुर फार्म नहटाइए पालिकाले कारबाही गर्ने चेतावनी पनि दिइएको छ।


प्रतिक्रिया दिनुहोस्