भारतमा कर्मचारीको महँगी भत्ता तीन प्रतिशतले बढ्यो

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : ०९


भारतको केन्द्र सरकारले कर्मचारीको महँगी भत्ता तीन प्रतिशतले बढाएको छ।

भारतको केन्द्र सरकारको मन्त्रिपरिषद्ले केन्द्र सरकारका कर्मचारीले पाउने महँगी भत्ता (डिए)मा तीन प्रतिशत वृद्धि गर्न स्वीकृति दिएको हो।

यो निर्णय १ जुलाइ २०२१ बाट लागू हुनेछ । पेन्सनधारीले पाउने महँगी राहत (डीआर) पनि तीन प्रतिशतले बढेको छ।

सातौँ केन्द्रीय वेतन आयोगको सिफारिसका आधारमा भत्ता वृद्धि गरिएको हो। यसबाट केन्द्र सरकारका करिब ४७ लाख १४ हजार कर्मचारी र ६८ लाख ६२ हजार पेन्सनधारीले लाभ पाउनेछन्।


प्रतिक्रिया दिनुहोस्