टोटनहमको हार

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : ०१


युरोपा कन्फरेन्स लिगअन्तर्गत भिटेसेले इङ्लिस प्रिमियर क्लब टोटनहममाथि जित हासिल गरेको छ। बिहीबार राति भएको खेलमा भिटेसेले टोटनहममाथि १-० गोल अन्तरको जित हासिल गरेको हो ।

भिटेसको जितमा म्याक्सीमिलियन विटेकले दोस्रो हाफमा निर्णायक गोल गरे ।

हारपछि टोटनहम तीन खेल चार अंकसहित तेस्रो स्थानमा छ। सात अंक जोडेको रेनेस शीर्ष स्थानमा रहँदा ६ अंकका साथ भिटेसे दोस्रो स्थानमा छ । अंकको खाता खोल्न नसकेको मुरा पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस्