हुम्लालाई चीनले दियो स्वास्थ्य र खाद्य सामग्री

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ५ : ५१


काठमाडौं। उत्तरी छिमेकी चीनले नेपालको सीमावर्ती जिल्ला हुम्लालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

बिहीबार चिनियाँ विदेश मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रका स्थानीय अधिकारीले हुम्लालाई स्वास्थ्य तथा दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराएको चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन्।

यो सहयोगलाई राजदूत यान्छीले महामारीविरुद्ध दुई देशको संयुक्त लडाइँको एक महत्वपूर्ण पक्ष भनेकी छन्।

हुम्लामा नेपाल र चीनबीच सीमा विवाद देखिएको भन्दै अध्ययन समितिले हालै द्विपक्षीय छानविन गर्नुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो।


प्रतिक्रिया दिनुहोस्