नेपालमा आज थपिए ५४५ कोरोना संक्रमित, ८ जनाको मृत्यु

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ४ : ५४


नेपालमा पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ४७० र एन्टिजेन परीक्षणबाट ७५ जनाको कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै सोही अवधिमा ७२६ जना कोरोनामुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार २४ घण्टामा २३ हजार ५६८ जनाले कोरोना भाइरसविरुद्धको खोप पनि लगाएका छन्।

यससँगै अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ छ। हालसम्म ७ लाख ८८ हजार ८८१ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३२६ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्