तालिबान सत्तामा आए महिला अधिकार खोसिन्छ भनेर सुरुवातदेखि नै अनेकौं टिप्पणीहरु भइरहेका थिए। अफगानिस्तानमा तालिबान सत्तामा आएको दुई महिनाभन्दा बढी बितिसकेको छ र पहिलेजस्तै तालिबानको शासनमा महिलाहरु सुरक्षित छैनन्।
तालिबानले महिलालाई शिक्षा, अधिकार, रोजगार केहीमा ठाउँ दिएका छैनन्। यहाँसम्म कि महिलालाई कुनै खेल, संगीतमा सहभागी नहुन भनिएको छ।
टाइम्स अफ इन्डियाका अनुसार हालै मात्र तालिबानले अफगानिस्तानको महिला राष्ट्रिय भलिबल खेलाडीको हत्या गरेका छन्। खबरअनुसार मजुबिन हाकिमी नाम गरेकी राष्ट्रिय खेलाडीको टाउको काटेर हत्या भएको छ।
पर्सियन इन्डिपिन्डेन्टसँगको कुराकानीमा सौर्या अफजली जो पनि खेलाडी हुन् उनले हाकिमीको तालिबानले हत्या गरेको बताएकी हुन्।
यसै अक्टोबर महिनाको सुरुवातमा उनको हत्या भएको बताइएको छ।