दिल्ली। भारतमा कोभिड खोप लगाउनेको संख्या आजदेखि सय करोड अर्थात एक अर्ब पुगेको छ। बुधबारसम्म ९९ करोड ७० लाखले कोभिडबिरुद्धको खोप लगाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज बिहीबार ३० लाखले खोप लगाएसँगै भारतमा सय करोड नागरिकले खोप लगाएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।
सरकारले नौ महिनाअघि कोभिडबिरुद्धको खोप अभियान चलाएको थियो। छोटो समयमा नै धैरै नागरिकले खोप लगाएको भन्दै नरेन्द्र मोदी नेतृत्वको सरकारले यसलाई ठूलो सफलता बताएको छ।
आज 21 अक्टूबर, 2021 का ये दिन, इतिहास में दर्ज हो गया है।
भारत ने अब से कुछ देर पहले 100 करोड़ वैक्सीन डोज का आंकड़ा पार कर लिया है।
100 साल में आई सबसे बड़ी महामारी का मुकाबला करने के लिए, देश के पास अब 100 करोड़ वैक्सीन डोज का मजबूत सुरक्षा कवच है: PM @narendramodi
— PMO India (@PMOIndia) October 21, 2021
संघीय स्वास्थ्य मन्त्री मन्सुख मन्दाभियाले कोभिड खोप लगाउन छुटेका सबै नागरिकलाई तत्काल खोप लगाउन आह्वान गर्दै कोभिडबिरुद्धको एतिहासिक यात्रामा योगदान दिन आग्रह गरेका छन्।