जनकपुरका खानेपानी कार्यालय प्रमुखलाई सिके राउतका कार्यकर्ताले अर्धनग्न बनाए

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ३ : ०९


जनकपुर। खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहमाथि सिके राउतको जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन्।

कुशवाहलाई नियन्त्रणमा लिएर सिके राउतका कार्यकर्ताहरुले अर्धनग्न बनाई बजार परिक्रममा गरेका हुन्।

सडक विस्तारका क्रममा खानेपानीको पाइप ठाउँठाउँमा फुटेको र उक्त फुटेको पाइप मर्मत गर्न आग्रह गर्दा कुशवाहले जनकपुर नगरपालिकातिर जिम्मेवारी देखाउँदै आएको आरोप छ।

सोही विषयमा विवाद हुँदा सिके राउतका कार्यकर्ताले उनीमाथि दुर्व्यवहार गरेका हुन्।

यसैबीच दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जनमत पार्टीका कार्यकर्ता विजयकुमार यादवसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेका कार्यकर्तालाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी नारा जुलुस भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्