अमेरिकामा सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण!

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  २ : ०३


न्यूयोर्क। अमेरिकी चिकित्कसले सुँगरको मिर्गौलालाई मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन्। रोयटर्सका अनुसार सुँगुरको मिर्गोला मानिसमा प्रत्यारोपण गरेपछि पनि यसले सामान्य रुपमा नै काम गरिरहेको छ।

विश्व चिकित्सा इतिहासमा यसलाई ठूलो उपलब्धी मानिएको छ। किनभने यसले मिर्गौला प्रत्यारोपणमा कोशेढुंगा खडा गरेको छ। यो घटनाले जनावरको अंग प्रत्यारोपण गर्दा पनि मानिसको ज्यान जोगिने रहेछ भनेर उदाहरण पेश गरेको छ।

न्यूयोर्कको ल्यानगोन स्वास्थ्य केन्द्रका चिकित्सकले परिवारको अनुमति लिएर मस्तिष्कको मृत्यु भैसकेका एक व्यक्तिमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका हुन्।

ती बिरामीलाई भेन्टिलेटरमा जीवितै राखिएको थियो र सुँगुरको मिर्गौलाका रक्त नलिहरु ती महिलाको शरीरमा जोडिएका थिए। मिर्गौला बाहिरै राखेर त्यसले काम गर्छ वा गर्दैन भनेर तीन दिनसम्म चिकित्सकले परीक्षण गरेका थिए।

मिर्गौलाले काम गरेपछि अन्ततः सो मिर्गोलालाई शरीरमै प्रत्यारोपण गरिएको हो।

‘यो ठूलो सफलता हो’ शल्यक्रियामा संलग्न जोन हप्किन्स विश्वविद्यालयका प्राध्यापक तथा चिकित्सक डोरी सेगेभले भने, ‘यो अभूतपूर्व उपलब्धि हो।’


प्रतिक्रिया दिनुहोस्