चीनले दुईपटक अन्तरिक्षमै हाइपरसोनिक हतियार परीक्षण गरेपछि अमेरिका अत्तालियो!

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  १ : १४


लन्डन। चीनले गत जुलाई र अगस्टमा गरी दुई पटक नयाँ हाइपरसोनिक हतियार अन्तरिक्षमा परीक्षण गरेको फाइनेन्सियल टाइम्सले जनाएको छ।

यो खुलासासँगै चीनको भूराजनीतिक प्रतिद्धन्द्धी अमेरिका चिन्तित बनेको छ। क्षेप्यास्त्र परीक्षणले अमेरिकी सेना र गुप्तचर अधिकारी स्तब्ध बनेको पत्रिकाले टिप्पणी गरेको छ।

पत्रिकाअनुसार चीनले पहिलोपटक जुलाई २७ मा आणविक हतियार क्षमतायुक्त हाइपरसोनिक ग्लाईड भेहिकललाई पृथ्वीको परिक्रमा गराएपछि लक्ष्यतर्फ पठाएको थियो।

त्यसको दुई सातापछि १३ अगस्टमा चीनले दोस्रो हाइपरसोनिक हतियार परीक्षण गरेको थियो। चिनियाँ सेनाको प्रगतिबाट अमेरिका अत्तालिएको छ।

अमेरिकी वैज्ञानिकहरुले हाइपरसोनिक हतियारको क्षमताबारे चासो देखाउँदै आएको छ। चीनको आणविक हतियार क्षमताबाट राष्ट्रपति जो बाइडेन प्रशासन चिन्तित छ। यस्तो उपकरण अमेरिकासँग भने छैन।

चीनको विदेश मन्त्रालयले यसअघि अन्तरिक्षमा विमान मात्र पठाएको जनाएको थियो।


प्रतिक्रिया दिनुहोस्