बाढीपहिरो क्षतिको निरीक्षण गर्न आज सुदूरपश्चिम जाँदै प्रधानमन्त्री देउवा

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ११ : ३२


काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहीबार कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा जाँदैछन्। उनी काठमाडौंबाट सुर्खेत जानेछन्। सुर्खेतबाट दिपायल जाने कार्यक्रम छ।

उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक र वीरबहादुर बलायरलाई लिएर निरीक्षणमा जान लागेका हुन्। त्यस क्रममा देउवाले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हवाइ निरीक्षण गर्नेछन्।

मनसुनपछिको वर्षासँगैको बाढीपहिरोले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा क्षति पुगेको छ। सुदूरपश्चिम प्रधानमन्त्री देउवाको गृह प्रदेश पनि हो। देउवा भोलि शुक्रबार मात्र काठमाडौं फर्कनेछन्।


प्रतिक्रिया दिनुहोस्