च्याम्पियन्स लिगः चेल्सी, युनाइटेड र युभेन्ट्स विजयी

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  १० : ५७


काठमाडौं। युईएफए च्याम्पियन्स लिगका शीर्ष टोली चेल्सी, म्यानचेस्टर युनाइटेड र युभेन्ट्सले जित हात पारेका छन्।

बुधबार रातिका खेलमा इंग्लिस क्लब चेल्सी, म्यानचेस्टर युनाइटेड र इटाली सिरि ए क्लब युभेन्टसले जित निकालेका हुन्।

घरेलु मैदानमा चेल्सीले माल्मो एफ एफविरुद्ध ४(० गोल अन्तरको सहज जित पार्‍यो। चेन्सीको जितमा जर्जिन्होले २ गोल गर्दा आन्ड्रेयश क्रिष्टेन्सेन र काई हाभार्टले १–१ गोल थपे।

समूह एचकै अर्को खेलमा युभेन्टसले रसियन क्लब जेनिट सेट पिटर्सवर्गमाथि १–० को कठिन जित निकाल्यो। भ्रमणमा रहेको युभेन्टसको जितमा डेजान कुलुसेभ्सकीले खेलको ८६ मिनेटमा निर्णायक गोल गरे।

जितपछि समूह एचमा ३ खेलमा शतप्रतिशत जितसहित युभेन्टस शीर्ष स्थानमा छ। ३ खेलबाट ६ अंक बनाएको चेल्सी दोस्रो तथा ३ अंक बनाएको जेनिट तेस्रो स्थानमा रहँदा माल्मो अन्तिम स्थानमा छ।

बुधबार राति नै भएको समूह एफको खेलमा क्रिष्टियानो रोनाल्डो प्रेरित म्यानचेस्टर युनाइ्डले इटालीयन सिरि ए क्लब एटलान्टालाई रोमाञ्चक खेलमा ३–२ गोल अन्तरले पराजित गर्‍यो।

घरेलु मैदानमा युनाइटेडलाई जिताउन मार्कुस रस्फोर्ड, ह्यारी म्यागुइर र रोनाल्डोले १–१ गोल गरे। पराजित एटालान्टाको लागि मारिओ पासालिक र मारिह डेमिरलले १र१ गोल गरे।

सुरुवाती २८ मिनेटमा २–० को अग्रता जोगाउन नसक्दा एटालान्टा शीर्ष स्थानमा उक्लने मौका गुमाएको हो।

समूह एफको अर्को खेलमा स्पेनिस क्लब भिल्लारियलले स्वीस क्लब योङ ब्वाइलाई ४–१ गोल अन्तरले पराजित गरेको छ।

जितसँगै युनाइटेड समूह ुएफुको शीर्ष स्थानमा पुगेको छ। युनाइटेडको ३ खेलबाट ६ अंक छ। ३ खेलबाट ४ अंक भए पनि एटालान्टा दोस्रो र भिल्लारियल तेस्रो स्थानमा छ। योङ ब्वाई भने ३ अंकसहित तालिकाको पुछारमा छ।


प्रतिक्रिया दिनुहोस्