आठ फिटकी यी महिला विश्वकै अग्ली महिला!

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  १० : ५१


अंकारा। टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन्।

उनको उचाई ८ फिट २ दशमलब ८ इन्च छ। गिनिज वर्ल्ड रेकर्डले यसै साता उनलाई विश्वकै जीवित अग्लो महिलाको मान्यता दिएको हो।

उनी जन्मदै विभर सिन्ड्रोम नामक एउटा दुर्लभ वंशानुगत समस्याबाट पीडित थिइन्। विज्ञहरुका अनुसार यस्तो समस्याबाट पीडित व्यक्तिको अस्वभाविक उचाई बढ्छ।

‘रुमेसालाई विश्वकै अग्लो महिला घोषणा गर्न पाउँदा हामी अत्यधिक खुसी छौं,’ गिनिज वल्ड रेकर्डले एउटा प्रेस बिज्ञप्तिमा भनेको छ।

वाकिङ फ्रेमको सहायतामा हिड्ने रुमसेलले भनिन्, ‘भिन्नु हुनु अरु व्यक्तिले सोचेजस्तो खराबी होइन । यसले तपाईलाई अप्रत्यासित सफलता दिन्छ।’ ‘विभर सिन्ड्रोमका विरामीबारे सचेता बृद्धि गर्न मैले सहयोग गर्नेछु भन्ने मलाई विश्वास छ।’ विश्वकै अग्लो महिलाको उपाधिबाट सम्मानित भएपछि रुमसेलाले भनिन्।

उनी ह्वीलचेयरको सहायतामा मात्र हिडडुल गर्न सक्छिन्। विश्वकै अग्ला पुरुष टर्कीकै सुल्तान खोसान हुन्। उनको उचाई ८ फिट २ दशमलब ८ इन्च छ।

रुमेसाको यो दोस्रो विश्व रेकर्ड हो। सन् २०१४ मा १८ वर्षको उमेर उनी विश्वकै अग्लो किशोरी बनेकी थिइन्। यसअघि अमेरिकाकी सान्ड्रा एनेन विश्वकै अग्ली महिला बनेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्