अविरल वर्षाले हुम्लामा २० घर भत्किए

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  १० : ३७


हुम्ला। आइतबार रातिदेखिको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन्। एक सय घर उच्च जोखिममा परेका छन्।

सर्केगाड गाउँपालिका(१ को जैरमा ६ घर पूर्ण रुपमा भत्किएको र १० घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए। ६ घर भत्किदा करिब आठ लाख बराबरको क्षतिको अनुमान गरिएको उनले बताए।

सर्केगाड–२ रिप गाउँमा एक घर भत्किएको छ। सर्केगाड–४ को साँयामा ११ घरमा क्षति पुगेको छ।

अदानचुली गाउँपालिका–१ को कल्खेमा पहिरोले तीन घरमा क्षति गरेको छ। दशरथ महतारा, धनलाल भियालर मानबहादुर महताराको घरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।

अदानचुली गाउँपालिका–४ मा लौठीका ३० घर पहिरोको उच्च जोखिममा छन्। लौठी गाउँ भिरालोमा रहेकाले गाउँबाट पहिरो बगिरहेको वडाध्यक्ष दत विष्टले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्