युट्युबमा ‘भाइरल’ पुण्य गौतम नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य बनेका छन्।
गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा मनोनयन गरेको जानकारी दिएका हुन्।
गौतमले लेखेका छन्, ‘मलाई नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिनुभएकोमा श्रद्धेय अध्यक्ष एवं सम्माननीय पूर्वप्रधानमन्त्री क. माधव नेपाल र हाम्रो पार्टीप्रति हार्दिक आभारी छु।’