आर्यन खानको जमानत फेरि अस्वीकार, जेलमै बस्नुपर्ने

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ५ : २२


बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले धरौटीमा रिहा हुनका लागि दिएको निवेदनलाई अदालतले बुधवार पुनः खारेज गरेको छ।

लागूपदार्थ सम्बन्धी मुद्दामा फैसला सुनाउँदै अदालतले धरौटीमा रिहा गर्ने निवेदन खारेज गरेको हो।

नार्कोटिक्स कन्ट्रोल ब्युरो र आर्यन खान दुवै पक्षका वकिलहरूको बहस सुनेपछि सेसन्स कोर्टले फैसला लिएको हो।

यसअघि पनि आर्यनको जमानतमा रिहा हुनुपर्ने निवेदन अदालतले खारेज गर्दै आएको थियो। आर्यन खान अहिले मुम्बई आर्थर रोड जेलमा बन्द छन्।

यसअघि उनले खाना खान अस्वीकार गरेको र उनको स्वास्थ्यमा गडबडी देखिएको खबरहरु आएको थियो।


प्रतिक्रिया दिनुहोस्