नेपालमा २४ घण्टामा ६६२ जना कोरोना संक्रमित थपिँदा १३ जनाको मृत्यु

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ५ : ०५


नेपालमा गएको २४ घण्टामा ६६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०२२ पीसीआर परीक्षणमा ५३५ जना र १,४०४ एन्टिजेन परीक्षणमा १२७ जना गरी ६६२ जनामा संक्रमण भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। त्यस्तै कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ।

यस्तै हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ रहेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५३ जना संक्रमित भेटिएका छन्। जसमध्ये काठमाडौंमा १९५, ललितपुरमा ३५ र भक्तपुरमा २३ जना संक्रमित भेटिएका छन्।


प्रतिक्रिया दिनुहोस्