प्रदेश १ मा बाढीपहिरोका कारण ३८ जनाको मृत्यु, १६ जना बेपत्ता

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ४ : ५५


विराटनगर। तीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढीपहिरोले प्रदेश १ मा ३८ जनाको ज्यान लिएको छ।

तीन दिनयता परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ३८ जनाको मृत्यु, १६ जना बेपत्ता र १६ जना नै घाइते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले विराटनगरले जानकारी दिएको छ।

कार्यालयका अनुसार सबैभन्दा धेरै इलाममा १३ जनाको मृत्यु भएको छ। पाँचथरमा ११ जना, धनकुटामा सातजना र सुनसरीमा चारजनाको मृत्यु भएको छ।

उदयपुर, मोरङ र भोजपुरमा एक एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बेपत्ता भएकोहरूको खोजीकार्य भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्