ओली भन्छन्ः गिनिज बुकको आधा भाग हामीले गरेको कामले भरिन्छ

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ३ : ४४


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गिनिज बुकमा नाम लेख्ने धेरै काम गरेको दावी गरेका छन्।

बुधबार पार्टीको वागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारले कुनैपनि काम गर्न नसक्ने दावी गर्दै एमालेले बाहेक अरुले विकासका काम नगर्ने दावी समेत गरे।

सो क्रममा उनले एमाले नेतृत्वको सरकारले गरेका कामले गिनिज बुकको आधा भाग भरिने दावी गरेका हुन्।

‘गिनिज बुकको आधा भाग त हामीले गरेको कामले भरिन्छ। यो एमाले हो क्या एमाले। गिनिज बुकमा लेख्ने कुरा कति छन् कति?’ ओलीले भने, ‘दुईपटक किड्नी फेरेर पनि प्रधानमन्त्री बन्ने र उस्तै स्वस्थ हुने मान्छे पनि नेपालमै।’


प्रतिक्रिया दिनुहोस्