‘एमालेले चाह्यो भने देउवा सरकार एक सातामा ढल्छ’

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ३ : ३८


प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहेको खण्डमा अहिलेको सरकार सात दिनभित्र ढल्ने दावी गरेका छन्।

एमालेको वागमती प्रदेश कमिटी बैठकमा ओलीले त्यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा यो सरकार ढल्छ। यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं। लोभीपापीहरू छन्, दिए भइगो नि। ढलिहाल्छ नि। दिए सिद्धिने कुरा छ त्यहाँ।’

आफ्नो उद्देश्य भने सरकार बनाउने नभइ देश बनाउने भएको ओलीको भनाइ छ।

उनी भन्छन्, ‘हाम्रो अभिष्ट सरकार बनाउने होइन। देश बनाउने र सरकार बनाउने कुरा फरक छ। हामी जित्ने, सरकार बनाउने कुरा किन गरिराखेका छौं भने जित्नका लागि। देश बन्ने निश्चित गरेरमात्रै हामी सरकार बनाउँछौं।’


प्रतिक्रिया दिनुहोस्