सिरियामा सेनाको बस लक्षित बम आक्रमण, १३ को मृत्यु

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ३ : ३१


सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेका एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ।

यसवर्ष शुरुवातपछि यो सवभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको साना समाचार समितिले जनाएको छ।

राजधानीको एउटा प्रमुख पुलमा दुई विस्फोटक पदार्थ प्रयोग गरी आतंककारीहरुले सैनिक बसलाई लक्ष्यगरी गराएको बम विष्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु हनुको साथै अन्य तीन जना घाइते भएका जनाइएको छ।

दमासकसमा हालैका वर्षहरुमा केही हदसम्म हिंसा कम भएको थियो। इस्लामिक स्टेट्स आइएस जिहादी समूहले २०१७ को मार्चमा जस्टिस प्यालेसलक्षित बम विस्फोट गराएपछि कम्तीमा ३० जना मारिएका घटनापछि राजधानीमा भएको यो सबैभन्दा घातक आक्रमण हो।

यस बम आक्रमणको हाल कुनै पनि समूहले जिम्मेवारी लिएको छैन्। तर विगतमा यस्ता हमलाहरुको आईएस जिहादी समूहले दाबी गर्ने गरेका थिए।

दशकौं पुरानो युद्ध सकिएको र पुनर्निर्माण प्रयासलगायत लगानी परियोजनाहरु शुरू गर्न को लागी स्थिरताको ग्यारेन्टी गरेको सरकारलाई पछिल्लो बम विष्फोटले चुनौती दिएको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्