तालिबानको सवारीसाधन लक्षित ग्रिनेड आक्रमण

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ३ : २५


बुधवार अफगानिस्तानको राजधानी काबुलमा तालिबानको सवारीसाधन लक्षित ग्रिनेड आक्रमण भएको छ।

यसमा परी दुई लडाकू र चार जना विद्यालयका बालबालिका घाइते भएका छन्। अपराधीहरुको खोज र अनुसन्धान सुरु गरिएको तालिबान आन्तरिक मन्त्रालयका प्रवक्ता कारी सईद खोस्तीले एएफपीलाई बताए।

एक प्रत्यक्षदर्शीले एएफपीलाई भने, स्थानीय समयानुसार बुधबार बिहान ८ बजे काबुलको पश्चिम भागमा रहेको देह मझाङ जिल्लामा अत्यन्त व्यस्त समयमा सो विस्फोट भएको थियो। रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्