दुई दिनदेखि अवरुद्ध महाकाली राजमार्ग खुल्यो, बाटोमा रोकिएका कानुनमन्त्री गोकुलेश्वर पुगे

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  २ : ४२


बैतडी। महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्ड खुलेको छ। लगातारको अविरल बर्षासँगै आएको पहिरोले अवरुद्ध भएको राजमार्ग बुधबार दिउँसोदेखि खुलेको हो।

सडक खुलेसँगै आवतजावत सहज भएको छ। बर्षाका कारण दोगडाकेदार गाउँपालिकाको चमतडी र ढिकगाडमा पहिरो गएको थियो। सडकमा पहिरो गएपछि बीचबाटो मै अलपत्र रहेका यात्रुहरू गन्तव्यतर्फ लागेका छन्।

सडक अवरुद्ध हुँदा दार्चुला सदरमुकाम जान लागेका संघीय सरकारका कानुन, न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु बाटो मै रोकिएका थिए। सडक खुलेपछि मन्त्री बडु पनि गोकुलेश्वरतर्फ प्रस्थान गरेका छन्।

अहिले मन्त्री बडु गोकुलेश्वरस्थित कार्यक्रममा सहभागी भएका छन्। मन्त्री बडु मंगलबार बिहानै दार्चुला पुग्ने भने पनि अझै पुग्न सकेका छैनन्।


प्रतिक्रिया दिनुहोस्