एमालेले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  २ : ३५


काठमाडौं। नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ।

पार्टी बिहीबार अपरान्ह ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी स्थायी कमिटी बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।

उनकाअनुसार बैठकका मुख्यतः पाँचवटा एजेण्डा छन्।

बैठकमा विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन, ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षति सम्बन्धमा छलफल हुनेछ।


प्रतिक्रिया दिनुहोस्