भियतनाममा अनलाईन कक्षा लिँदैगर्दा मोबाइल पड्कियो, एक विद्यार्थीको जलेर मृत्यु

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  २ : ०७


हनोई। अनलाईन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोवाईल फोन बिस्फोट हुँदा मृत्यु भएको छ। नेग्ही प्रान्तमा घरबाट अनलाईन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको हो।

उनले मोवाईल चार्ज गरेका कक्षा लिएका थिए। बिस्फोटलगत्तै बालकको शरीररमा आगो लागेको थियो। जलेर गम्भिर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो।

उनको मृत्युबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरीले पड्किएको मोवाईल र चार्जर जाँच गर्ने भएको छ। मृत्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घरमै पुगेका थिए।

कोभिड संक्रमण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनः अनलाईनबाट हुन थालेको छ।


प्रतिक्रिया दिनुहोस्