एटलान्टाको युवा टोलीबाट खेल्दै आएका विकास ए डिभिजन लिग खेल्न नेपालमा

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १ : ३३


काठमाडौं। इटाली सिरी ए क्लब एटलान्टाको उमेर समूहबाट खेलिसकेका विकास मेरेग्लिया आगामी ए डिभिजन लिग खेल्न नेपाल आइपुगेका छन्।

एटलान्टाको युवा टोलीबाट नियमित खेलिरहेका विकाल २९ कात्तिकबाट सुरु हुने ए डिभिजन लिग खेल्न मंगलबार राति नेपाल आइपुगेका हुन्।

नेपालमा जन्मेर इटाली पुगेका विकास स्थानीय क्लबहरू हुँदै एटालान्टाबाट खेल्न थालेका हुन्। विकासले इटालीको यू१७ टोलीबाट समेत खेलिसकेका छन्। मंगलबार राति नेपाल झरेपछि विकासले आफू १३ वर्षपछि नेपाल फर्किएको र त्यसका लागि सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिएका छन्।

‘म १३ वर्षपछि नेपाल फर्किएको छु’ विकासले सामाजिक सञ्जालमा लेखेका छन्। विकासले आफू नेपाल आए पनि ए डिभिजन लिग खेल्ने र नखेल्ने जनाएका छैनन्। स्रोतका अनुसार उनले आगामी ए डिभिजन लिग खेल्नेछन्। त्यसबारे उनले चाँडै पत्रकार सम्मेलन गरेर सर्वाजनिक गर्ने भएका छन्।

विकासले ललितपुरको च्यासल युथ क्लबबाट खेल्ने निकट स्रोतले जनाएको छ। इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका विकाशले इटालीको यू–१७ टोलीबाट खेलिसकेका छन्।

१८ वर्षीय विकास विशेष लेफ्ट विंगर हुन्। यद्यपि उनी राइट विंगर र सेन्टर स्ट्राइकरसमेत खेल्न सक्छन्।


प्रतिक्रिया दिनुहोस्