प्रहरीको सञ्चार सेटले काम गर्न छाडेपछि प्रहरी नै सम्पर्कविहीन!

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १ : २९


बैतडी। विद्युत् सेवा अवरुद्ध भएसँगै प्रहरीसँग भएका सञ्चार सेटहरूले काम गर्न छाडेपछि समस्या भएको छ।

जिल्लामा कहाँ के भइरहेको छ भन्ने विषयमा जानकारी लिनै समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी रमेशबहादुर पालले बताए।

उनले भने, ‘प्रहरीसँग भएको नेपाल टेलिकमको फोन र सञ्चार सेटहरु मात्रै हो। टेलिकमको सेवा पुर्ण रुपमा अवरुद्ध छ। वाकेटोके चार्ज गर्न पाइएको छैन। त्यसैले दुर्गम ठाउँका खबरहरू प्राप्त गर्न सकिएको छैन। जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा मात्रै सम्पर्क हुन सकिरहेको छ। दुर्गम ठाउँहरूमा सम्पर्क गर्नै सकिएको छैन।’

कतिपय ठाउँमा एनसेल मोबाइलले काम गरे पनि एनसेलको सिम पाउनै मुस्किल भएको उनले बताए। बैतडीमा गत सोमबार रातिदेखि विद्युत् सेवा, एनटीसी फोन सेवा र इन्टरनेट सेवा पूर्ण रूपले अवरुद्ध भएको छ।


प्रतिक्रिया दिनुहोस्