हुम्लामा पहिरोमा परी एकै घरका ६ जनाको मृत्यु

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १२ : ४०


हुम्ला। हुम्लाको खापुर्नाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको छ।

आइतबार रातिदेखिको लगातारको वर्षाले मंगलबार राति धनवीरे शाहीको घरमाथिबाट आएको पहिरोमा पुरिँदा एकै घरका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्बा शर्माले बताए।

शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोराको पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शाही र उनका छोरा अलेन्द्र शाहीको पहिरोमा पुरिएको स्थानबाट शव निकालिएको हो। प्रहरी प्रमुख शर्माले सुरक्षाकर्मी घटनास्थल पुगेको बताए।


प्रतिक्रिया दिनुहोस्