भारत र चीनबीच दशकौंयता सीमा विवाद छ। सिमानामा भारतीय र चिनियाँ सेनाबीच धक्का मुक्की भइरहन्छ तर उनीहरुले गरेका सम्झौताका कारण त्यहाँ गोली भने चलाउन पाइँदैन।
गतवर्ष गलवान उपत्यकामा गोली त चलेको थिएन तर काँडे तार र रडले भारतीय र चिनियाँ सेनाबीच हानाहान भएको थियो जसकारण २० भारतीय सेनाको मृत्यु भयो भने ५ चिनियाँ सेनाले ज्यान गुमाए।
यसबीचमा भारतले चीनसँग सीमा विवाद रहेका स्थानमा चिनियाँ सैनिकविरुद्ध लड्न आफ्ना सैनिकलाई नयाँ खालका उपकरण उपलब्ध गराउन लागेको देखिएको। भारतीय सञ्चार माध्यम एएनआईका अनुसार एक कम्पनीले हालै त्रिशूलजस्तो एक करेन्टवाला उपकरण र करेन्टवाला मुक्का प्रहार गर्न सकिने विशेष पञ्जा तयार गरेको छ।
सीमा विवाद भएका क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच बेलाबेला हुने मुठभेडमा विभिन्न अन्य उपकरण प्रयोग गरेर एक–अर्कालाई चुनौती दिने होड नै चलेको छ। यसबीचमा बन्दुक चलाउन नपाइने विकल्पको रुपमा यो हतियार बनाइएको अनुमान गरिएको छ।
उक्त त्रिशूलले दुश्मनलाई करेन्टको झड्का लगाउन र प्रतिबन्धित क्षेत्रमा आएका गाडीलाई रोक्न समेत सकिनेछ। यस्तै करेन्टवाला पञ्जा समेत हातमा लाएर दुश्मनलाई मुक्का हान्न सकिनेछ।
(भिडिओ)
#WATCH ‘Trishul’ and ‘Sapper Punch’- non-lethal weapons-developed by UP-based Apasteron Pvt Ltd to make the enemy temporarily ineffective in case of violent face offs pic.twitter.com/DmniC0TOET
— ANI (@ANI) October 18, 2021