सुनसरीमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ५ : ४७


सुनसरी। सुनसरीको धरानमा वर्षासँगै आएको पहिरोले एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ।

धरान– १३ स्थित नागेश्वर मार्ग बस्ने निशान राईका सात वर्षीय छोरी निसु र चार वर्षीय छोरा निहान राईको मृत्यु भएको हो।

आज दिउँसो पौने २ बजे घरमाथिबाट आएको पहिरोले घरभित्र रहेका दुई बालबालिकालाई बेपत्ता बनाएको थियो।

उद्धार टोलीले खोजी गर्दा साढे ३ बजे मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए।

उनीहरूका बुबाआमा बाहिर बरन्डामा बसिरहेका बेला पहिरो आएको थियो। बुबाआमाले ज्यान बचाए पनि दुई छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकका शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस्