प्रतिनिधिसभा बैठक अब ११ कात्तिकमा बस्ने

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  २ : ४६


काठमाडौं। प्रतिनिधिसभाको बैठक दुई दिनपछि सरेको छ।

यसअघि ९ कात्तिकमा बोलाइएको बैठक विशेष कारणवश ११ कात्तिक दिउँसो २ बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ।

संघीय संसद्का महासचिव डा।भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको बैठक ११ कात्तिकमा बस्ने जानकारी दिएका हुन्।

‘२०७८ कात्तिक ९ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम–३० बमोजिम सभामुखज्यूले २०७८ कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्