उदयपुर। उदयपुरको रौतामाई गाउँपालिका– ६ भातेमा आगलागी हुँदा २१ वटा पशु जलेर नष्ट भएको छ।
सोमबार बिहान एक्कासी सुर्जबहादुर राईको बाख्राको खोरमा आगलागी हुँदा १२ वटा माउ बाख्रा, ३ वटा बोका, ६ वटा पाठी जलेर नष्ट भएको प्रहरी चौकी साउनेले जनाएको छ।
आगलागीबाट बाख्राको गोठ जलेर खरानी भएको पीडित राईले जानकारी दिए। बिहान १ बजे लागलागी भए पनि आगलागीको कारण पनि खुल्न सकेको छैन।
आगलागीबाट करिब २ लाख २६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।