एएफसी पुरुष एसियन कप छनोट खेल्ने राष्ट्रिय यू–२३ टोलीको घोषणा (सूचीसहित)

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १ : ०१


 

काठमाडौं। युवा स्ट्राइकर अभिषेक रिजाल, दर्शन गुरुङ, मनिष डांगी र आयुष घलानलाई समावेश गर्दै अखिल नेपाल फुटलब संघ एन्फाले एएफसी पुरुष एसियन कप छनोट खेल्ने राष्ट्रिय यू–२३ टोली घोषणा गरेको छ।

आगामी ८ कात्तिकबाट सुरु हुने एएफसी एसियन कप छनोट खेल्न ताजकिस्तान पुग्ने टोलीमा अभिषेक, मनिष, दर्शन र आयुषसँगै ११ राष्ट्रिय टोलीका सदस्य समावेश गरि प्रशिक्षक बालगोपाल महर्जनले अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

नेपाली टोली छनोट खेल खेल्ने ३ कात्तिक मंगलबार आयोजक ताजकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ। प्रशिक्षक बाल गोपाललेले यसअघिको ३२ खेलाडीबाट ९ खेलाडीलाई बाहिर राख्दै अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

उनले घोषणा गरेको टोलीमा ११ खेलाडी राष्ट्रिय टोलीका सदस्य हुन्। गत शनिबार समापन भएको साफ खेल्ने टोलीबाट यू–२३ टोलीमा ६ खेलाडी छन्। ६ खेलाडी आइतबार मात्रै माल्दिभ्सबाट नेपाल आइपुग्नेछन्।

हाल मनिष र आयुषसँगै सुरज जिउ ठकुरी, नितिन थापा, गौतम श्रेष्ठ र सुमन अर्याल राष्ट्रिय टोलीमा छन्। अभिषेक रिजाल, दर्शन गुरुङ, विशाल सुनार, राजन गुरुङ, एरिक बिष्ट भने हालको टोलीबाट बाहिर छन्। विशालबाहेक अन्य खेलाडीले राष्ट्रिय टोलीबाट डेब्युसमेत गरिसकेका छन्।

यसअघि पहिलो चरणमा प्रशिक्षक बाल गोपालले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका रेजिन सुब्बा, प्रिजेन तामाङ, दीपेश आले मगर, दीनेश हेम्जन, धीरज श्रेष्ठ, जया गुरुङलगायत खेलाडीलाई टोली बाहिर राखेका थिए।

अन्तिम छनोटमा भने उनले गोलरक्षक रोहित कार्की, डिफेण्डरहरु अशिम भुषाल, बिशाल बस्नेत, विश्वास उदास, रोमन लिम्बु, आदिल हमिद र मिडफिल्डर दिनेश गुरुङ, अशोक थापा तथा बुद्ध बल तामाङ बाहिर राखेका हुन्।

एएफसी छनोटको समूह ‘बी’ मा रहेको नेपालले बलिया इरान, लेभलान र ताजकिस्तानको सामना गर्नेछ । नेपालले पहिलो खेलमा २५ अक्टोबर इरान, यस्तै आयोजक ताजकिस्तानसँग २८ अक्टोबर तथा ३१ अक्टोबरमा लेभलानलाई चुनौती दिनेछ ।

बाहिरिने खेलाडी

गोलरक्षक – रोहित कार्की

डिफेण्डर – अशिम भुसाल, विशाल बस्नेत, विश्वास उदास, , रोमन लिम्बु, आदिल हमिद

मिडफिल्डर – दिनेश गुरुङ, अशोक थापा

स्ट्राइकर – बुद्ध बल तामाङ

नेपाली टोली

गोलरक्षक– अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेण्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिब गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बु,

मिडफिल्डर – नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट

स्ट्राइकर – रितिक कुमार खड्का, मनिष डांगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिब लोप्चान


प्रतिक्रिया दिनुहोस्