तेह्रथुममा घरायसी विवादः श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १२ : १७


तेह्रथुम। तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा श्रीमान र श्रीमतीबीच विवादपछि कुटाकुट हुँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भिर घाइते भएकी छिन्।

छथर गाउँपालिका ३ पञ्चकन्या ज्यामिरेमा आइतबार साँझ घरयासी विवादपछि श्रीमतीको लौरो प्रहरबाट ५४ बर्षीया गोबिन्द लिम्बुको मृत्यृ भएको इलाका प्रहरी चौकी बसन्तपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए।

हात हालाहालमा श्रीमती ५२ बर्षीया भक्तकुुमारी लिम्बु गम्भीर घाईते भएको सुक्रबारे प्रहरीचौकीका ईन्चार्च गणेश राईले जानकारी दिए।

घटनास्थलमा पुग्दा दुबैको अवस्था गम्भीर देखिएको र गोबिन्दको उपचारको क्रममा छथर उस्पतालमा मृत्यृ भएको शुक्रबारे प्रहरी टोलीले जनाएको छ। कुटाइबाट गम्भीर भएकी भक्तकुमारीको नोबेल अस्पताल बिराटनगरमा उपचार भई रहेको छ।

यसैबीच, मृतकको शवलाई पोसमार्टमको लागि धनकुटा लैजाने तयारी भई रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्