हेइटीमा अमेरिकी क्रिश्चियन धर्म प्रचारक समूह अपहरणमा परे

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ११ : ०३


पोर्ट अउ प्रिन्स। अमेरिकाको धर्म प्रचारक समूह र उनीहरुको परिवारलाई हेइटीको राजधानी पोर्ट अउ प्रिन्स नजिकै एउटा सशस्त्र समूहले अपहरण गरेको छ।

एउटा अनाथलयको भ्रमण सकेर फर्किने क्रममा कम्तिमा १५ जनालाई बसबाट ओरालेर समूहले बन्धक बनाएको हो। अपहरणबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

हेइटीमा विश्वमै सबैभन्दा बढी अपरहण हुने गरेको छ। दण्डहिनताको फाइदा उठाएर ठूला समूहले मानिसलाई अपहरण गरेर फिरौती रकम माग्छन्।

जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि प्रतिद्वन्दी समूहमा शक्ति हत्याउने होड चलेको छ। सुरक्षाको अभावमा अधिकांश नागरिकलाई ज्यान जोगाउनै हम्मे हुने गरेको छ।

क्रोइस डेस बक्युट सहरबाट गाडिमा चढ्ने वित्तिकै किश्चियन धर्म प्रचारक समूहलाई बन्दूकधारीले नियन्त्रणमा लिएका थिए।

हेइटीका न्याय मन्त्री र त्यहाँको प्रहरीले घटनाबारे कुनै टिप्पणी गरेका छैनन्। आफ्ना नागरिकको अपहरणबारे अमेरिकी सरकारले पनि आफ्नो धारणा सार्वजनिक गरेको छैन्।

तर, अमेरिकी विदेशमन्त्रालयले देशबाहिर अमेरिकी नागरिकको सुरक्षा अमेरिकाका लागि उच्च प्राथमिकता भएको जनाएको छ।

अमेरिकी संस्था क्रिश्चियन एड मिनिस्ट्रिजले हेइटीमा रहेका धार्मिक समूहलाई विशेष प्रार्थना भन्दै श्रब्य सन्देश पठाएको थियो। अपहरणमा परेका व्यक्तिको सहयोगका लागि समूहले हेइटीस्थित दूताबाससँग सहकार्य गरेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्