साफ च्याम्पियन्सिपः भारतलाई हराउँदै नेपाल सामु इतिहास रच्ने मौका

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ७ : ०७


नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपको उपाधिका लागि आज भारतसँग भिड्दैछ।

खेल मालदिभ्सको मालेस्थित नेशनल स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ। खेलअघि नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले खेल आफुहरुका लागि महत्वपुर्ण हुने बताएका छन्।

पहिलो पटक फाइनल खेलिरहेकाले नेपाललाई यो इतिहास रच्ने मौका हो, साफ च्याम्पियन बन्ने मौका हो।

सहायक प्रशिक्षक श्रेष्ठले भनेका छन्,‘पहिलो पटक साफको फाइनलमा पुगेका छौं, खेल महत्वपुर्ण हुनेछ, यो ठुलो खेल हो। हाम्रो लागि सहज हुनेछैन तर हामी नतिजाका लागि खेल्नेछौँ।’

श्रेष्ठले भारतविरुद्ध पहिलेको खेलमा गरेको गल्तीलाई सुधार गर्दै खेल प्रस्तुत गर्ने बताए। भारतविरुद्ध रक्षात्मक र आक्रामक रणनीति अपनाइने उनले जानकारी दिए।

नेपाल लिग चरणको दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो। सुरुवातका लगातार दुई खेल जितेको नेपालले भारतसँगको तेस्रो खेल गुमाएको थियो।

लिग चरणको अन्तिम खेलमा बगंलादेशसँग बराबरी गर्दै नेपाल इतिहासमा पहिलो पटक फाइनल पुगेको हो। भारत भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो।


प्रतिक्रिया दिनुहोस्