कांग्रेसलाई विसंगतिमुक्त बनाऔं: नेता पौडेल (भिडियोसहित)

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ११ : ५५


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बडा दशैंको अवसरमा भिडियो सन्देश जारी गरेका छन।

भिडियो सन्देश जारी गर्दै पौडेलले कांग्रेसलाई विसंगति मुक्त बनाउन नसके पार्टी र लोकतन्त्र दुवै धरापमा पर्ने बताएका छन्।

नेता पौडेलले नेपालीहरुको महान् पर्वका अवसरमा कांग्रेस र देशलाई लोकतान्त्रिककरण गर्ने संकल्प सबैले गर्नुपर्ने बताएका हुन्।

पर्वहरुको शुभकामनासँगै कांग्रेसको १४ औं महाधिवेशन लक्षित भिडियो सन्देशमार्फत पौडेलले कांग्रेस नेतृत्वको व्यवहार, आचारण र शैलीमा परिवर्तन आवश्यक रहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्