भोजपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या, सल्यानमा छोराको हत्या

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १० : ५१


काठमाडौं। फरक फरक घटनामा २ जनाको मृत्यु भएको छ। भोजपुरमा श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको आरोपमा भोजपुर सापासिलिछो गाउँपालिका वडा नम्बर ५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

फराछेतरले श्रीमतीमाथि धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

यस्तै, सल्यानमा मदिरा सेवन गरि छोराको हत्या गर्ने बाबु पनि पक्राउ परेका छन।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँरिलो हतियार ९खुर्पा० प्रयोग गरी वर्ष ३३ का छोरा रुपलाल कवरको हत्या गरेका हुन्।

मंगलबार दिउँसो बाबुछोराबीच मासुको विषयमा सामान्य विवाद भएको र राति करिब १० बजे नीमबहादुरले घरमै छोराको हत्या गरेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्