मुगु घटनाले प्रचण्ड स्तब्ध, क्षतिपूर्ती दिन सरकारलाई आग्रह

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १० : ३५


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३२ जनाको ज्यान जानेगरी मंगलबार मुगुमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रचण्डले मुगुसँगै कास्की, अछामसहित देशका विभिन्न ठाउँमा दसैँको मुखमा भएका सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेका छन्।

‘विजया दशमीको मुखमा हिजो मुगुमा भएको भयानक बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको छ। साथै, कास्की, अछामलगायत देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको छ’ प्रचण्डले भनेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, दुर्घटनामा परी घाइते हुनुभएकाहरुमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्