प्रजातन्त्रसहितको राजसंस्थाका लागि पूर्वराजा ‘सक्रिय’ हुने सन्देश

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ९ : ५३


काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरुको महान चाँड दशैंको अवसरमा शुभकामना दिँदै जारी गरेको वक्तव्यले राजनीतिक तरंग सिर्जना गरिदिएको छ।

सधैं जसो दशैं तिहार जस्ता चाडपर्वको मुखमा लिखित वक्तव्य जारी गर्ने पूर्वराजाले यसपटक भिडियो सन्देश नै जारी गरेका हुन।

पूर्वराजाको वक्तव्यपछि सत्तासिन र मूलधारका राजनीतिक दलका नेताहरुले विरोधी प्रतिक्रिया जनाइरहेका छन् भने राजसंस्था पक्षधर शक्तिहरु समर्थनमा उत्रेका छन।

जनता समाजवादी पार्टींका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई लगायतले विरोध जनाईरहँदा नेपालका लागि नेपाली पार्टी, राप्रपा अध्यक्ष कमल थापा लगायतले पूर्वराजाको कदमको प्रशंसा गरेका छन।

यसपटकको वक्तव्यमा पूर्वराजाले प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बिचार अघि सारेपछि यसलाई महत्वका साथ हेरिएको छ।

यो भन्नुको अर्थ पूर्व राजाले अब नेपालीलाई राजसंस्थासहितको प्रजातन्त्रको लागि एकजुट हुन आह्वान गरेका हुन।

राजसंस्थालाई सामन्तवादी भन्नेहरुलाई पूर्वराजा शाहले अबको राजसंस्था यसअघिको भन्दा पृथक हुने विचार अघि सारेका हुन।

यस्तै पूर्वराजा ज्ञानेन्द्रले आफूलाई ‘देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको’ भन्नुले देशका राजनीतिक दलमाथि निराशा पैदा भएको बेला अब पूर्वराजा शक्ति आर्जनका लागि सक्रिय हुने सन्देश दिएको छ।

यसैगरि पूर्व राजा शाहले सन्देशमा राजसंस्थाले राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधिभन्दा बाहिरबाट समस्याको समाधान नखोजेको र नखोज्ने प्रष्ट पारेका छन्।

उनले लेखेका छन्, ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आबोध हामीले गरेका छौं।’

 

 


प्रतिक्रिया दिनुहोस्