आज २७ गते बुधबार, तपाईंको राशिफल कस्तो छ? हेर्नुहोस्

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ६ : ३६


काठमाडौं । आज असोज महिनाको गते बुधबार। सन् २०२१ अक्टोबर १३ तारिख। नेपाल संम्बत् ११४१। दक्षिणयान। आश्विन शुक्ल पक्ष। अष्ठमी तिथी। चन्द्रमा वृच्छिक राशीमा। सौर्यदय विहान ६ः००। सूर्यास्त बेलुकी ५ः४२ बजे। सारदीय नवरात्रको आज आठौँ दिन

मेष – समय शुभ र भाग्यवर्द्धक छ। आरोग्यता बढ्ला। शुभ कार्यमा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछन् । मान महत्व बढ्नेछ। धनसम्पत्ति बढ्नेछ। सुख बढ्नेछ। मिठो भोजन प्राप्त हुनेछ। आफन्त सुख बढ्नेछ। घरपरिवारको स्थिति अनुकूलै रहला । सुख–सुविधाको वस्तु बढ्नेछन्। विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह थपिनेछ।

बृष – धन मानसित सम्बन्धित कार्यमा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ। आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ, तर योजना बनाएर काम गर्नुपर्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मिथुन – विश्वास गरेकाबाटै धोका हुन सक्ने भएकोले निराशा बढ्न सक्छ । तथापि रसरागमा आकर्षण बढ्नेछ । व्यस्तता र खर्च बढ्नेछ । लगानी वृद्धि हुनेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर रहला । जोखिममा नपर्नुहोला । बौद्धिक र रचनात्मक काम भने बन्नेछ ।

कर्कट– धन सञ्चितको योग । कार्यमा प्रगती, मनमा हर्ष । शैक्षिक लगानीबाट फाइदा । व्यवसायमा सुधार । यात्रामा सावधानी अपनाउनु होला ।

सिंह -पारिवारिक सम्बन्ध सुमधुर सम्भावना । शुभ कार्यमा मन जाने । विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना । कार्यमा सफलता ।

कन्या-घरायासी समस्या बढ्ने छ। अध्ययनमा रुची घट्ने छ । मानसिक चिन्ताले सताउला । मित्रको सहयोग मिल्ने योग । आर्थिक संकट।

तुला-पारिवारिक मेलमिलाप बढ्नेछ। मन प्रशन्न रहने । राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ । झुठा आरोप लाग्न सक्ला। धार्मिक कार्यमा उत्साह।

वृश्चिक-आज रमाइलो यात्रा रहनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला।

धनु-नयाँ कार्यको योजना बन्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ।

मकर-आज राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, अतः काम गर्दा सजग भएर काम गर्नुहोला । यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ।

कुम्भ-सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ।

मीन-आज परोपकार काम गर्नुमा नै भलो हुनेछ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ, तर विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनुहोला। राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्

 


प्रतिक्रिया दिनुहोस्