प्रकाशशरण महत भन्छन्ः मोदीको नेपाल भ्रमण चाँडै हुनसक्छ, सीमा समस्या कुटनीतिक विषय

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ९ : २४


काठमाडौं। हालै भारत भ्रमणबाट फर्किएका नेपाली काँग्रेसका सह–महामन्त्री एवं पूर्व परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण चाँडै हुनसक्ने बताएका छन्।

उनका अनुसार नेपालीहरुको महान चाँड छठ लगत्तै मोदीले नेपाल भ्रमण गर्नसक्छन्। यसैबीच उनले सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने पनि उल्लेख गरे।

मंगलबार पत्रकारहरुसँगको कुराकानीमा महतले भारत भ्रमणका क्रममा आफूहरुले सीमा समस्यालाई सम्वाद र कुटनीतिक रुपमा समाधान गर्ने बारेमा छलफल गरेको जानकारी दिए।

भ्रमणका क्रममा व्यपार घाटाको समस्या, महाकाली तुइन प्रकरण र कोभिशील्ड सप्लाइको बारेमा छलफल भएको महतले जानकारी दिए। हालै भारतको सत्तारुढ दल भाजपाको निमन्त्रणमा नेपाली कांग्रेसको ३ सदस्यीय प्रतिनिधिमण्डलले भारत भ्रमण गरेका थिए।

महतका अनुसार सो क्रममा आपसी हित र सहयोगलाई केन्द्रमा राखेर छलफल गरिएको छ। उनी भन्छन्,‘भारतीय विदेशमन्त्रीसंगको भेटमा सीमा समस्या समाधानका लागि कूटनीतिक वार्ताको थालनी, महाकाली तुइन प्रकरणको विषय र व्यापार घाटा कम गराउने विषयमा छलफल भएको छ।’


प्रतिक्रिया दिनुहोस्