नेपाललाई भेटेर फ्रान्सेली राजदूतले भने: दुईदेशको सम्बन्ध सुमधुर बनाउन प्रयत्न गर्छु

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ८ : २७


काठमाडौं। नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत गिल्स बोर्बाओले नेपाल र फ्रान्स बीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने बताएकी छन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं नेपाल९फ्रान्स पार्लियामेन्टरी कमिटीका संयोजक माधवकुमार नेपालसॅगको भेटमा राजदूत बोर्बाओले नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा नेपाल र फ्रान्स बीचको सम्बन्धलाई उचाइँमा पुर्‍याउने बताएकी हुन्।

अध्यक्ष नेपालले नवनियुक्त राजदूत बोर्बाओलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए।

भेटका अवसरमा नेपाल९फ्रान्स सम्बन्ध, सहयोग र सहकार्यको इतिहास, वर्तमान र भविष्यका संभावनाका विषयमा कुराकानी भएको समाजवादी पार्टीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्