मुगु दुर्घटना अपडेटः मृतकको संख्या ३२ पुग्यो

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ६ : ४०


मुगु। मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा दुर्घटना भएको थियो।

सोही घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्‍ज पुर्‍याएका थप ४ जनाको मृत्‍यु भएको छ।

बसमा करिब ७० जना यात्रु रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्