पछिल्लो २४ घण्टामा थपिए ७९२ कोरोना संक्रमित, १४ जनाको मृत्यु

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ६ : ३२


नेपालमा गएको २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

७ हजार ६० पीसीआर परीक्षण गर्दा ६९१ जना र २ हजार ५५९ एन्टिजेन परीक्षण गर्दा १०१ गरी ७९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने ९१० जना निको भएका छन्।


प्रतिक्रिया दिनुहोस्